राष्ट्रिय

बागमती प्रदेश सभामा ६ स्थान रिक्त

काठमाडौं

बागमती प्रदेश सभा सदस्यले राजीनामा दिएका कारण ६ स्थान प्रदेश सभा सदस्य रिक्त भएका छन् । बागमती प्रदेश सभा सचिवालयले ६ जना प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जनाएको हो ।

बागमती प्रदेश सभा सचिवालयले स्थान रिक्ततासम्बन्धी सूचना जारी गर्दै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जनाएको हो । प्रदेश सभाका सचिव रामकुमार पौडेलले प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएसंगै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी दिनुभयो ।

नेपाली कंगे्रस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीका २ २ जना गरी ६ जना सदस्यले प्रदेश सभा सदस्यले राजीनामा दिएका प्रदेशसभाका सचिव पौडेलले बताउनुभयो ।