राष्ट्रिय

वीरगंजका तीन वडामा वर्षौँदेखिको डुबान समस्या समाधान

पर्सा

वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएकापर्साको वीरगंज महानगरपालिकाका तीन वडाका बासिन्दाले राहत पाएका छन् । 

महानगरकोवडा नं १७, २४ र २६ मा वर्षातका बेला हुने डुबानको समस्यालाई महानगरलेयोजनाबद्ध रूपमा समाधान गरेपछिसमस्याले निकास पाएको हो । 

सो क्षेत्रमावर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला रपाइपलाइनको अभावले हरेक वर्ष बस्ती जलमग्न हुने गरेका थिए।वीरगन्ज महानगरको प्राविधिकटोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य बिन्दुहरूको पहिचान गरेपछित्यहाँ ठूला ह्युम पाइप जडान गरी संरचनागत सुधार गरिएको छ ।