धनकुटामा निर्वाचन सुरक्षा प्रहरीलाई तालीम दिन सुरु
- धनकुटाधनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालीम दिन सुरु गरिएको छ ।
भोलिबाट औपचारिक रूपमा तालीम सुरु गर्ने मिति तोकिए पनि भौगोलिक रूपमा टाढा–टाढा खटिनुपर्ने भएकाले आजैदेखि तालीम सुरु गरिएको धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालीम अवधि, उनीहरूले पाउने सेवासुविधा तथा कारबाही सम्बन्धी विषयमा जानकारी गराइएको थियो । जिल्लामा कुल १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन्।
तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी मतदान स्थल सामान्य वर्गमा परेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।