कोशीमा निर्वाचन सुरक्षा थ्रेट बढेको छ : मन्त्री पराजुली
- धनकुटाकोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले कोशी प्रदेशमा निर्वाचन सुरक्षा ‘ थ्रेट’ बढेको बताउनुभएको छ् ।
कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पराजुलीले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनितीले सुरक्षा थ्रेट बढाएको उल्ल्ेख गर्नुभयो ।
आज धनकुटा सदरमुकामको बालमन्दिरमा रहेको गोकुण्डेश्वर क्याम्पसमा आयोजित कार्यक्रम पछि कान्तिपुरसँग कुरा गर्दै मन्त्री पराजुलीले कोशीमा निर्वाचन केन्द्रित बिषेश सुरक्षा रणनितीका साथ होसियारी पूर्वक काम भइरहेको बताउनुभयो ।
कोशी प्रदेशमा बिषेश गरि झापा निर्वाचन क्षेत्र नम्वर २ र ५ मा सुरक्षाको जोखिम बिश्लेषण गरेर सोही अनुरुपको सुरक्षा व्यबस्थापन र तयारी प्रदेश सरकारले गरिरहेको उहाँको भनाई छ ।