धनकुटामा निर्वाचन प्रयोजनको छुट्टै बैंक खाता खोल्न आनाकानी
- धनकुटाधनकुटामा प्रतिनिधि सभा सदस्यनिर्वाचनका लागिउम्मेदवारी दिएका १७ मध्ये १२ जनाउम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाताखोल्न आनाकानी गरिरहेका छन् ।
निर्वाचन आचारसंहितामा उल्लेख भए अनुसार निर्वाचन प्रयोजनको छुट्टै बैंकखाता नखोले पछि आचार संहिता अनुगमन समितिले चासो ब्यक्त गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १७ मध्ये हालसम्म ५ वटा राजनितिक दलका उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।
दल र स्वतन्त्र गरि बाँकि १२ जना उम्मेदवारले छुट्टै बैंक खाता खोल्न आलटाल गरिहेको आचार संहिता अनुगमन समितिले जनाएको छ ।
हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले मात्रै निर्वाचन प्रयोजनको छुट्टै खाता संचालनका लागि निर्वाचन कार्यालयबाट सिफरिस लिएको जिल्ला निर्वाचन अधिकारी माधवकुमार अधिकारीले जानकारी दिनुभयो ।