धनकुटाको तेलिया–तांखुवामा आँप ब्लक बिकास सञ्चालनको तयारी
- धनकुटाधनकुटाको छथरजोरपाटी गाउँपालिका अन्तर्गत तेलिया र तांखुवाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती प्रवद्र्धन गर्न ‘आँप ब्लक विकास कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारीमन्त्रालयले ब्लक विकास कार्यक्रमका लागि क्षेत्र निर्धारण गरी स्वीकृति दिएको हो । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार कार्यक्रम अघि बढाइएको र त्यसअघि स्थलगत अनुगमन गरी किसान समूहबाट प्रस्ताव मागिएको कृषि ज्ञान केन्द्रधनकुटाले जनाएको छ ।
आँप खेती विस्तारका लागि तेलिया–तांखुवा क्षेत्रका किसानहरूले ज्ञान केन्द्रमा प्रस्ताव पेस गरेका थिए । कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले मन्त्रालयले पत्र मार्फत कार्यक्रम स्वीकृतिको जानकारी गराएको बताउनुभयो ।
कार्यक्रम अन्तर्गत आँप खेतीको प्रकृति हेरी लागतको न्यूनतम ५० देखि अधिकतम ८० प्रतिशतसम्म सरकारी अनुदान उपलब्ध गराइनेछ भने बाँकी रकम किसानको सहभागिताबाटजुटाइने मोडेल अपनाइने छ ।