राष्ट्रिय

स्थगनमा परेका आयोजनाहरुको बजेट फुकुवा हुने क्रम जारी

काठमाडौं

अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरुको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताउनु भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले कतिपय आयोजनाको बजेट फुकुवा भइसकेको जानकारी दिनुभयो ।

अर्थमन्त्री खनाललेजेन जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनःसञ्चालनका लागि आर्थिक स्रोत जोहो गर्न अनुत्पादक आयोजना स्थगन गरिएको बताउनुभयो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उल्लेख्य बजेट आवश्यक भएको उहाँको भनाइ थियो ।