मुख्य समाचार

कांग्रेसको घोषणापत्र सार्वजनिक

- केएफएम डेस्ककाठमाडौं

नेपाली कांग्रेसले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ । सभापति गगन थापाले आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो । प्रतिज्ञापत्रमा कांग्रेसले १० भिजन समेटेको छ ।

प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।

साथै सो कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई समयमा परिस्थिति सम्हाल्न सक्ने शक्तिलाई जिताउनुपर्ने आवश्यकता औँल्याएका छन्। उहाँले कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव सामान्य प्रतिस्पर्धाभन्दा फरक भएको बताउनुभयो ।

कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ । निधिले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा सरकार बनाएर संविधानको रक्षा र विकासका काममा क्रान्ति ल्याउने बताउनुभयो ।

उहाँले अहिले भइरहेको चुनाव सामान्य अवस्थामा नभएको उल्लेख गर्नुभयो ।

नेपालमा कांग्रेसबाहेक परिवतर्नकारी पार्टी अर्को कुनै नभएको उहाँको भनाई थियो । यस्तै, सभामा बोल्दै कांग्रेस उपसभापति पुष्पा भुषालले पार्टी बदलेर मुलुक बदल्न कांग्रेस अग्रसर भएको बताउनुभएको छ । उपसभापति भुषालले अहिलेको चुनाव संघीयताको विरोधी र पक्षपातीबीच भएको बताउनुभयो ।