आयोगद्वारा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानीको काम तीव्र
काठमाडौंनिर्वाचन आयोगले मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्रता दिएको छ । दुर्गम र विकट क्षेत्रमा निर्वाचन सामाग्रीसहितका मतपत्र ढुवानी गरिसकेको आयोगले अन्य जिल्ला र क्षेत्रमा पनि ढुवानी सुरु गरेको हो ।
अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो ।
वाग्मती सहित र अन्य सुगम क्षेत्रमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी भइरहेको आयोगको भनाइ छ । राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा भने केही दिनमा पुर्याइने अयोगले जनाएको छ ।