राष्ट्रिय

निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प : भण्डारी

- केएफएम डेस्ककाठमाडौं

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने बताउनुभयो ।

मतदान हुनुअघि गरिने मत सर्वेक्षणले निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले आचारसंहिता विपरित सर्वेक्षण नगर्न सञ्चारमाध्यमलाई आग्रह समेत गर्नुभयो ।