धनकुटामा रेविज विरुद्धको खोप अभाव
- धनकुटाधनकुटामा रेविजविरुद्धको खोप अभाव भएको छ । कुकुरले टोकेका घटना बढ्दै गइरहेका बेला खोपको अभाव देखिएको हो । माघ महिनाका लागि पठाइएको २ सय डोज खोप सकिएको र नयाँ खोप नआउँदा समस्या भएको धनकुटा अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप सुरु गरिसकेका बिरामीलाई पूर्ण मात्रामा लगाउनका लागि केही डोज मौज्जाद रहेपनि नयाँ बिरामीका लागि भने अस्पतालबाट खोप उपलब्ध गराउन सकिएकौ छैन ।
यसैबीच कोशी प्रदेशका सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउँदै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरका निमित्त निर्देशक डा. सुरेश मेहताले संघीय सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध नहुँदा व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।