राष्ट्रिय

मतदाताले स्वतन्त्रपूर्वक भोट हाल्न पाउनुपर्छ : ओली

काठमाडौं

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । गृहजिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले चुनावमा मतदाताले स्वतन्त्रपूर्वक भोट हाल्न पाउनुपर्ने बताउनुभएको हो । 

एमाले अध्यक्ष ओलीले चुनावी बुथको सुरक्षामा पार्टीका स्वयमसेवकलाई परिचालन गरिने बताउनुभयो । एमाले अध्यक्ष ओलीले मुलुक विकासको जिम्मा आफूहरुलाई दिन आग्रह समेत गर्नुभएको थियो । सरकारमा रहँदा एमालेले राम्रो काम गरेपनि भ्रम फैलाइएको दावी गर्नुभयो ।