राष्ट्रिय

वीरगन्ज कारागारमा पनि मतदान हुने

- शंकर आचार्यपर्सा

प्रतिनिधि सभा निर्वाचनमा वीरगन्ज कारागारमा रहेका कैदीबन्दीले पनि मतदान गर्ने भएका छन् । कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार, महिला तर्फ २० र पुरुष तर्फ ३८ गरी कुल ५८ कैदीबन्दीले यस पटक मतदान गर्न पाउनेछन् । 

उनीहरूले प्रत्यक्ष प्रणाली तर्फ नभई समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । कारागारमा आउनु अघि मतदाता सूचीमा नाम रहेका कैदीबन्दीले त्यसको प्रमाण पेश गरेपछि कारागार प्रशासनले उनीहरूको नाम जिल्ला निर्वाचन कार्यालयमा पठाएको हो । कारागारमा १ हजार बढी कैदीबन्दी छन् । निर्वाचनको दिन कारागारमै एउटा मतदान केन्द्र स्थापना गरिनेछ ।