राष्ट्रिय

काठमाडौंको वसन्तपुरमा तीन तले चीर ठड्याइयो

काठमाडौं

काठमाडौंको वसन्तपुरमा तीन तले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु पर्व सुरु भएको मानिन्छ । रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएपनि होली पर्व विधिवत् रुपमा सुरू भएको मानिन्छ ।

आज नै पशुपति, ललितपुरको कृष्णमन्दिर प्राङ्गणमा पनि चीर ठड्यान्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीका लागि सार्वजनिक बिदा दिइएको छ ।