नेकपाको निर्वाचन परिचालन समितिको बैठक बस्दै
- काठमाडौंनेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको निर्वाचनको तयारी, अहिलेसम्मको प्रगतिबारे समीक्षा हुने जनाइएको छ । नेकपाले आगामी निर्वाचनमा पहिलो दल बन्ने दाबी गर्दै आएको छ ।