पाल्पामा टिप्पर दुर्घटना चालकको मृत्यु
- पाल्पापाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरमा रहेको चुनढुंगा खानीबाट चुनढुंगा लोड गरेर फ्याक्ट्रीतर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालक ३४ वर्षीय खिमबहादुर सोमई मगरको मृत्यु भएको हो ।
गम्भीर घाईते भएका मगरको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त टिप्पर सडकदेखि २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।