राष्ट्रिय

सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । 

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई आज सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गर्नुभएको हो । 

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गर्नुभयो ।