राष्ट्रिय

उत्तरी गोरखाको १७ मतदान केन्द्रमा कर्मचारी खटाईयो

- हरिराम उप्रेतीगोरखा

फागुन २१ गतेको निर्वाचनका लागि गोरखाको चुमनुव्रीका १७ मतदान केन्द्रमा कर्मचारी खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक हिसावले विकट रहेको क्षेत्रमा ५० प्रकारका निर्वाचन सामाग्री सहित कर्मचारी खटिएका हुन् ।

चुमनुव्री–१ को साम्दो मतदान केन्द्र पुग्न झण्डै चार दिन लाग्छ ।

चुमनुव्रीका अन्य मतदान केन्द्रमा पनि सदरमुकामबाट ३ देखि ४ दिनको यात्रामा पुगीन्छ ।

ती मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।