कपिलवस्तुमा काग्रेस सभापति थापा जाँदै
- कपिलवस्तुकाग्रेस सभापति गगन थापा चुनाव प्रचारप्रसारका लागि आज कपिलवस्तु जाँदै हुनुहुन्छ ।
सभापति थापा पूर्व पश्चिम राजमार्ग स्थित क्षेत्र नं. २ को गोरुसिंगमा दिउँसो साढे १२ बजे संबोधन गर्ने कार्यक्रम रहेको पार्टी जिल्ला सभापति अब्दुल कलामले जानकारी दिनुभयो ।
त्यस्तै भोली नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल बृहत चुनावी सभालाई संबोधन गर्न कपिलवस्तु जाने बताइएको छ ।
भोली नै एमालेले पनि कृष्णनगरमा बृहत चुनावी सभा राखेको छ ।
तर, केन्द्रिय नेता को आउने भनेर टुंगो लाग्न बाँकी रहेको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनुभयो ।