राष्ट्रिय

कांग्रेसले डढेलधुरामा चुनावी सभा गर्दै

- केएफएम डेस्ककाठमाडौं

नेपाली कांग्रेसले आज डढेलधुरामा चुनावी सभा गर्दैछ ।

कांग्रेसले मध्यान्ह १२ बजे परशुराम नगरपालिका– १२ स्थित रंगमैदानमा चुनावी आमसभा गर्न लागेको हो ।

मतदाता भेटघाटका क्रममा जिल्लाका ५२ वटै वडामा पुगिसकेको कांग्रेसले यसअघि जिल्लाको गन्यापधुरा गाउँपालिकामा चुनावी आमसभाको कार्यक्रम आयोजना गरिसकेको छ ।

डडेलधुरा सदरमुकाम बागबजारमा भोलिका लागि तय गरिएको आमसभा भने होलीका कारण स्थगित भएको जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिनुभयो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको त्यहाँ कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महर उमेदवार हुनुहुन्छ ।

यसअघि त्यहाँ लगातार शेरबहादुर देउवा उम्मेद्वार बन्दै आउनु भएको थियो ।