राष्ट्रिय

दुर्गा प्रसाईँ फेरि पक्राउ

- केएफएम डेस्ककाठमाडौं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ पर्नु भएको छ । प्रहरीले सार्वजनिक शान्ति खलबल्याएको आरोपमा प्रसाँईलाई पक्राउ गरेको जनाएको छ ।

निर्वाचन विथोल्ने अभिव्यक्ति दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाँर्ईलाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईलाई अहिले प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईं पछिल्लोपटक फागुन ४ गते पक्राउ परेर १३ गते रिहा हुनु भएको थियो ।