राष्ट्रिय

खाडीका विभिन्न मुलुकमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं

नेपाल सरकारले खाडीका विभिन्न मुलुकमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा आफ्नो विवरण भर्न अनुरोध गरेको हो । 

यसकालागि सो क्षेत्रमा रहेका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना संकलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । 

परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना संकलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाले पनि नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेका छन् ।