आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने
काठमाडौंनेपाल नागरिक उड्डयन प्राधिकरणले भोेलि निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।
प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरु भने मध्यपूर्वी गन्तव्यबाहेकका अन्य गन्तव्यमा नियमित हुने स्पष्ट पारेको छ ।
मध्यपूर्वी गन्तव्यको उडान सञ्चालनका विषयमा सम्बन्धित देशको निर्णयका आधारमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित गरिएका छन् ।