कर्णाली प्रदेशका विभिन्न जिल्लामा मत गणना भैरहेको छ
- काठमाडौंकर्णाली प्रदेशका विभिन्न जिल्लामा मत गणना भैरहेको छ । रुकुम पश्चिम–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १ हजार ७५९ मत प्राप्त गर्दा एमालेका गोपाल शर्माले १ हजार ४०२ मत ल्याउनुभएको छ । सल्यान–१ मा नेकपाका रमेशकुमार मल्लले ३ हजार २७४ मत ल्याउदाँ रास्वपाका ललितकुमार चन्दले १ हजार ५२३ र काँग्रेसका केशबहादुर विष्ट १ हजार १४४ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ् ।
सुर्खेत–१ मा काँग्रेसका विष्णुबहादुर खड्काको ६ हजार ७५ मत ल्याउँदा एमालेका ध्रुवकुमार शाहीले ४ हजार ४९४ मत पाउँदा रास्वपाका टेकबहादुर सिंह ठकुरीले ३ हजार ८१३ मत पाउनुभएको छ । सुर्खेत–२ मा भने रास्वपाका रमेश कुमार सापकोटाको पक्षमा ४ हजार ५०६ मत पर्दा काँग्रेसका नारायण कुमार कोइरालाले ३ हजार ५७८ मत पाउनुभएको छ । र एमालेका कुलमणि देवकोटाको ३ हजार ५७० मत भएको छ ।
यसैगरी दैलेख – १ मा काँग्रेसकी बासना थापाले ८ हजार ६९१ मत ल्याउदाँ एमालेका रविन्द्रराज शर्माले ८ हजार २५ मत पाउनुभएको छ । रास्पवाका नन्दकिशोर बस्नेतले भने ५ हजार ९७० ल्याउनुभएको छ । दैलेख – २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २ हजार ४७७ मत ल्याउदाँ काँग्रेसका दिक्पालकुमार शाहिले २ हजार २ र रास्वपाका बखत बहादुर शाहीले ७०३ मत ल्याउनुभएको छ ।
जाजरकोट–१ मा काँग्रेसका खडकबहादुर बुढाले ४ हजार ७०२ मत प्राप्त गर्दा एमालेका डम्बरबहादुर सिंहले ४ हजार १५४ र नेकपाका शक्तिबहादुर बस्नेतले ३ हजार १५२ मत ल्याउनुभएको छ । कालिकोट–१ मा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र बहादुर शाहीले ७ हजार ८४५ मत प्राप्त गर्दा एमालेका श्री नगीन्द्र शाहीले ७ हजार ६१४ र काँग्रेसका हर्षबहादुर बलमे ५ हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।
जुम्ला–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले ५ हजार ३२२ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी २ हजार ४२० मत आएको छ । कर्णाली प्रदेशका डोल्पा, हुम्ला, मुगुमा भने मत गणना सुरु भएको छैन् ।