राष्ट्रिय

संखुवासभामा ३ दिनपछि मतगणना सुरु

संखुवासभा

संखुवासभामा ३ दिनपछि आजबाट मतगणना सुरु भएको छ । दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिलाई भएपछि आजबाट गणना सुरु भएको हो । मत गणना जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको हो । गणनास्थलमा सीसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको बताईएको छ ।