राष्ट्रिय

दाङ–२ मा रास्वपाका आचार्य विजयी

काठमाडौं

दाङ–२ मा प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

उहाँले एमाले महासचिव शंकर पोख्रेललाई २८ हजार २ सय ७२ को फराकिलो मतान्तरले पछि पार्नुभएको छ । महासचिव पोख्रेलले १५ हजार २ सय ८७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ ।