खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी
- खोटाङखोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी हुनु भएको छ । उहाँले १६ हजार ६ सय १२ मत ल्याएर विजयी हुनु भएको हो ।
एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेकपाका हरि रोकाले ९ हजार ४ सय ४३ र रास्वपाका रुद्र गिरीले ५ हजार ७ सय ४ मत प्राप्त गर्नुभएको छ । खोटाङमा प्रत्यक्षतर्फ १५ उम्मेद्वार चनावी मैदानमा थिए ।