बैतडीबाट रास्वपाका हरीमोहन भण्डारी विजयी
बैतडीबैतडीबाट रास्वपाका हरीमोहन भण्डारी विजयी हुनु भएको छ । उहाँले कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतले पराजित गर्नुभएको हो । भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गर्नुभयो । बैतडी २०७० सालदेखि लगातार जीत हासिल गर्दै आएको नेकपा एमालेको किल्ला बनेको बैतडी यो बर्ष रास्वपाले भत्काई दिएको हो।
यो क्षेत्रमा ११ जनाले प्रयास गरेपनि अन्तिममा रास्वपाका हरिमोहन भण्डारी सफल भएका हुन् । बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता मध्ये ७२ हजार ८४३ जनाले मतदान गरेका थिए ।