दाउन्नेमा आज बिहान देखि सवारी जाम
- परासीसडक हिलाम्मे भएर यातायात संचालनमा असहज भएपछि पुर्व पश्चिम राजमार्गको दाउन्नेमा आज बिहान देखि सवारी जाम भएको छ । उकालो र ओरालोमा हिलो सडकमा ठुला सवारी उकालो उक्लन नसके पछि यातायात अवरुद्ध भएको हो ।
जसको कारण यात्रु घन्टौ सम्म जाममा बस्नु परेको हाम्रा सहकर्मीले जनाएका छन् । बुटवल नारायणगढ सडक विस्तारका क्रममा दाउन्नेम अहिले सडक ढलान गर्ने काम भैरहेको छ । सो ठाउँमा हरेक बर्ष दोहोरिने समस्या समाधानको लागि आवश्यक पहल नहुदा यात्रु ले ७ बर्ष देखि समस्या भोग्दै आएका छ्न ।
यस्तै जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार राजमार्ग चिप्लो भएर बिहान ७ बजेदेखि राजमार्ग अबरुद्ध भएको र अहिले पानी पर्न रोकिएपछि एकतर्फी सवारी संचालन भैरहेको बताउनुभयो । सवारिको लामो जाम भएकाले दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घन्टा भन्दा बढी समय लाग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेको सयौँ सवारी साधन दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।