राष्ट्रिय

निर्वाचन प्रहरी घर फर्किए

काठमाडौं

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मतगणना सकिएसँगै निर्वाचन प्रहरी घर फर्किएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले देशभर खटिएका निर्वाचन प्रहरीहरुलाई आज एकसाथ बिदाइ गरेका हुन् । 

कतिपय जिल्लामा भने जिम्मेवारी पूरा गरी केही दिनअघि नै उनीहरु बिदाइ भएर घर फर्किइसकेका छन् । जिम्मेवारी पूरा गरेका निर्वाचन प्रहरीलाई प्रहरी र सशस्त्र प्रहरीले औपचारिक कार्यक्रमको आयोजना गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा पु¥याएको योगदानको कदर गरेका छन् । 

साथै शान्तिसुरक्षा व्यवस्थापन, नागरिक–प्रहरी सम्वन्ध सुमधुर बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणमा समाजमा रहेर समेत सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् । 

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले निर्वाचन प्रहरीले ४० दिनको अवधिमा प्रहरीसँगै बसेर निर्वाह गरेको योगदान र भूमिका समाजका लागि फलदायी र उपयोगी हुने बताउनुभयो ।