राष्ट्रिय

राहदानी वितरण सेवा एक देखि तीन हप्तासम्म अवरुद्ध हुन सक्ने

काठमाडौं

राहदानी विभागले राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुन सक्ने बताएको छ । राहदानीसम्बन्धी नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा यसको वितरणको काम प्रभावित हुने विभागले जानकारी दिएको हो । 

विभागले भनेको छ– अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला÷इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्नेछ ।

राहदानी विभागले २०८३ असोज भित्रमा राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला÷इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेको छ ।