जेन–जी अभियन्ताको खबरदारी
काठमाडौं२३ र २४ भदौको घटना छानविन गर्न गठित जांचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न दवाव स्वरुप जेन–जी अभियन्ताले आज खबरदारी कार्यक्रम गरेका छन् ।
आज काठमाडौंको माइतीघर मण्डलामा भेला भएर उनीहरुले खबरदारी गरेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन अध्ययन गरेपछि मात्रै सार्वजनिक गर्ने जनाएपनि ढिलाइ भएको भन्दै जेन–जी अभियन्ताले दबाब दिन अभियान थालेका हुन् ।