राष्ट्रिय

इनिशा विकलाई न्याय दिन माग गर्दै प्रदर्शन

काठमाडौं

इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डला लगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका हुन् ।

शान्तिपूर्ण रुपमा भेला भएका प्रदर्शनकारीले राज्य प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो । यतापरिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।