रेश्मिका हत्या घटनाका दोषी पहिचान गर्न माग
काठमाडौंखोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे दिनुवाकी २७ वर्षीया रेश्मिका परियारको जबरजस्ती करणीपछि हत्या भएको घटनाको सुक्ष्म अध्ययन गरी संलग्नलाई कारबाही गर्नुपर्ने सरोकारवालाले माग गरेका छन् ।
घटनाको सुक्ष्म अनुसन्धान नभएको भन्दै हिङमाङ एकता समाज र परियार पारिवारिक एकता समाजले आज प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
गत भदौ ३० मा पञ्चमी बजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा रेश्मिकाको बलात्कारपछि हत्या भएको थियो । सो घटनामा १४ वर्षीय नाबालकलाई पक्राउ गरिए पनि घटनाको सुक्ष्म अनुसन्धान गरी संलग्नलाई पक्राउ गर्नुपर्ने माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले रेश्मिका हत्या प्रकरणको अनुसन्धान भइरहेको बताउनुभएको छ ।