राष्ट्रिय

पाटे बाघ क्यामरा ट्रयापिङमा

- माधव अर्यालपाल्पा

पाल्पाको १ हजार १ सय १० मिटर उचाइमा पाटे बाघ रहेको पाइएकोे छ । जिल्लाको तिनाउ र माथागढी गाउँपालिकाका विभिन्न स्थानमा जडान गरिएको क्यामेरा ट्रयापिङ्मा पाटे बाघ भेटिएको हो । 

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरिप्रसाद शर्माको विज्ञ समूहले जडान गरेका क्यामेरामा ५ स्थानमा पाटे बाघ ट्रयापिङ्मा परेको भेटिएको छ । 

यसअघि पाल्पाकै तिनाउ गाउँपालिका–२, दोभानको हरियाली गाउँमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङ्मा भेटिएको थियो । विज्ञ शर्माका अनुसार यसअघि डडेलधुरा र इलाम जिल्लामा पनि १ हजार मिटरमाथि पाटे बाघको अभिलेख गरिएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाल्पाका ४४ स्थानमा क्यामेरा जडान गरिएको हो ।