राष्ट्रिय

खोटाङमा हेलिकोप्टर दुर्घटना

खोटाङ

काठमाडौं एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा २ जना घाइते भएका छन् । काठमाडौंबाट ५ जना यात्रु बोकेर उडेको हेलिकोप्टर बिहान सवार ११ बजेतिर खोटाङको वेलाबेसी भन्ने गाउँस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । 

दुर्घटनामा एक यात्रु तथा १ जना पाइलट घाइते भएको नेपाल नागरिक उडड्यन प्राधिकरणल अन्तर्गतको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उनीहरुको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको केन्द्रले बताएको छ । 

हेलिकप्टरमा सवार अन्य भने सकुशल रहेको कम्पनीले जनाएको छ । सो हेलिकप्टर अवतरणका क्रममा असन्तुलन भइ जमिनमा पल्टिएको प्राधिकरणले जनाएको छ ।