कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर्सि
काठमाडौंनेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले पर्सि शुक्रबारका लागि बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । त्यस्तै, बैठकमा चुनावी समीक्षा लगायत समसामियक विषयमा समेत छलफल हुने बताइएको छ ।