अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौंवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने ५५ वर्षीया मिना घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
मिनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।