राष्ट्रिय

लुम्बिनी प्रदेशमा सचिवहरूको जिम्मेवारी हेरफेर

- घनश्याम गौतम/बुटवलबुटवल

लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले बढुवा भएका प्रदेशका कर्मचारीहरूको पदस्थापन पनि गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी मुख्यमन्त्री कार्यालयका सचिव विनोद लामिछानेलाई र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी उधोग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमलाई दिएको छ । 

त्यस्तै सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिने निर्णय गरेको छ । बैठकले स्वास्थ्य सेवा तर्फपनि धेरै चिकित्सक र कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।