धनकुटा बजारको खानेपानी आपूर्ति आंशिक रूपमा सुचारु
- धनकुटासोमबार रातिको हावाहुरीले पम्प र विद्युत संरचना ध्वस्त बनाउँदा ठप्प भएको धनकुटा बजारको खानेपानी आपूर्ति आज बेलुकादेखि आंशिक रूपमा सुचारु भएको छ ।
निबुवा र ताङ्खुवा खोलाबाट पानी तान्न प्रयोग गरिएको पम्प, हाइटेन्सन लाइन र प्यानल बोर्डमा क्षति पुगेपछि सदरमुकाममा आपूर्ति अवरुद्ध भएको थियो ।
धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार हाल बाइपास प्रणालीबाट सीमित रूपमा पानी आपूर्ति गरिएको छ । मुख्य पम्प मर्मत पछि मात्रै पूर्ण आपूर्ति सम्भव हुने धनकुटा नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताउनुभयो ।