ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात
- बागलुङढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । हिजोदेखि परेको हिमपातका कारण ढोरपाटन क्षेत्र हिउँले ढाकिएर सेताम्य भएको छ ।
अहिले पनि निरन्तर हिमपात भइरहेकाले हिँडडुल गर्नसमेत समस्या भएको छ । यस्तै,दोलखामा बर्षासहित उच्च भेगमाहिमपातपछि चिसो बढेको छ । आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले जनजीवनप्रभावित बनेको छ ।
दोलखाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोकमा हिमपातभएपछि आन्तरिक पर्यटकको चहलपहल समेत बढेको हाम्रा सहकर्मीले जनाएका छन् ।
यस्तै, ताप्लेजुङको पाथिभरा क्षेत्रमा समेत हिउँ परेको छ । त्यस्तै, रूकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।