राष्ट्रिय

प्रतिकुल मौसम अवधिभर पदयात्रा नगर्न आग्रह

- हरिराम उप्रेतीगोरखा

प्रतिकुल मौसम अवधिभर मनास्लु लगायतका क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले सचेत गराएको छ । आज सार्वजनिक सुचना मार्फत प्रतिकुलमौसम अवधिभर घर आगन वरपर वाहेक लामो तथा छोटो दुरीको यात्रा गर्न, पदयात्रा लगायतका योजना नवनाउन आग्रह गरेको हो ।

त्यस्तै अत्यावश्यक यात्रा गर्न परेको अवस्थामा परिवारका सदसयलाई यात्रावारे पुर्व जानकारी गराएर मात्र गर्न पनि आग्रह गरिएको छ । जोखिमयुत्त स्थानहरु न्दि खोला किनार, जंगल, अग्लो भिरालो र जोखिमयुत्त संरचना विद्युतपोल तथा तारहरु आसपास नवस्न, निरन्तर बर्षा भइरहेको समयमा सवारी साधन संचालन नगर्न पनि सचेत गराइएको छ । 

पछिल्ला दुइ दिनयता हावाहुरी आउने, चट्याङ पार्ने, भारी बर्षा ताथ हिमपातले मौसम प्रतिकुल देखिएकाले सचेत रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।