८ घन्टा पछि दाउन्नेमा यातायात संचालन भएपनी यात्रा असहज
- परासीबर्षाको कारण अवरुद्ध भएको पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा अवरुद्ध यातायात ८ घन्टा पछि संचालनमा आएक छ । पानी पर्न छोडेपछि यातायात संचालन हुन थालेपनी हिलोले गर्दा लामो जाममा बस्न यात्रु बाध्य छ्न ।
यातायात चल्न सुरु गरेपनी जामको कारण दाउन्ने पार गर्न भने २÷३ घन्टा लाग्ने गरेको हाम्रा सहकर्मीले जनाएका छन् । दाउन्ने बजार क्षेत्र, पैसट्ठी मोड र दाउन्ने ओरालोमा सवारी संचालन नसक्दा यातायात अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार सवारी चल्न सुरु गरेको भएपनि निकै सुस्त र जाम भने कायमै छ । बुटवल नारायणगढ सडक विस्तार अन्तर्गत अहिले दाउन्ने खन्डमा काम भैरहेको छ ।
सडक विभागले हिजो राती बाट मालबहाक सवारी लाई चैत ८ गते सम्म रातको समयमा संचालनमा रोक लगाएर यात्रु बहाक र अत्यावश्यक सवारी मात्र संचालन गरेको छ । तर, रातभरीको बर्षाले सडकमा पानीको भल बगेर यात्रु बहाक बस पनि चल्न नसकेपछि यात्रु मर्कामा परेका छन् ।