राष्ट्रिय

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे

काठमाडौं

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनुभयो । 

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

यसअघि, हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।राजीनामा अस्वीकृत गर्ने निर्णय भएसँगै भोलि बस्ने बैठक सभापति थापाकै सभापतित्व बस्ने बताइएको छ । 

यस्तै, थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै बैठक राख्ने तयारी गरिएको बुझिएको छ ।