इरानले जारी राखेको हर्मुज क्षेत्रको अवरोध अस्विकार्य छ : मोदी
काठमाडौंभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानले जारी राखेको हर्मुज क्षेत्रको अवरोध अस्विकार्य भएको बताउनुभएको छ । इरानले जारी राखेको अवरोधका कारण भारत पाकिस्तान सहितका देशहरु प्रत्यक्ष रुपमा प्रभावीत भइरहेका बेला लोकसभाको बैठकमा मोदीले जारी तनावपछि उत्पन्न विवाद र इरानको अवरोध अस्विकार्य भएको बताउनुभएको हो ।
विश्वका विभिन्न देशमा आवश्यक इन्धन आपूर्तीका लागि प्रयोग हुने जलमार्गमा अमेरिकाले अवरोध गरेको विषयमा मोदीले आफ्नो धारणा सार्वजनिक गुर्नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रधानमन्त्री मोदीले जारी तनावलाई अन्त्य गर्न वार्तामा बस्न समेत दूइ देशलाई आग्रह गर्नुभएको छ । अमेरिकाले शुरु गरेको आक्रमण पछि ३ लाख बढी भारतीय नागरिकहरु सुरक्षीत रुपमा स्वदेश भइसकेको समेत मोदीले उल्लेख गर्नुभएको छ ।