जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनप्रति नेपाल बारको आपत्ति
काठमाडौंगत भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमा सर्वोच्च अदालतसँग सम्बन्धित विषयवस्तुलाई लिएर नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ ।
प्रतिवेदनमा आयोगको कार्यक्षेत्रभन्दा बाहिर गएर शक्ति विभाजनको सिद्धान्तलाई समेत अनदेखा गरिएको नेपाल बारको भनाइ छ । नेपाल बार एशोसिएसनको सल्लाहकार समितिको बैठकले उक्त प्रतिवेदनमा असहमति प्रकट गरेको महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बताउनुभयो ।
त्यसैगरी स्वतन्त्र न्यायपालिका र स्वतन्त्र कानुन व्यवसायमा समेत प्रभाव पार्ने बेहोरा प्रतिवेदनमा परेको भन्दै बार एसोसिएसनले प्रधानन्यायाधीशमार्फत सर्वोच्चको पूर्ण बैठकको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।