अन्तरिम सरकारले गरेका १ सय ९२ काम सार्वजनिक
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १ सय ९२ काम सार्वजनिक गर्नु भएको छ । हिजो साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १ सय ९२ काम सार्वजनिक गर्नु भएको हो ।
जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । प्रधानमन्त्री कार्कीले नियुक्तिमा पाएको ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट फागुन २१ गते पूरा गर्नु भएको छ ।