लप्चीमा अवतरण गरेको अवस्थामा फेला पर्यो हेलिकप्टर
दोलखा, केदार शिवाकोटीदोलखाको लप्ची क्षेत्रमा सम्पर्क विहिन बनेको मुस्ताङ एयरको हेलिकप्टर भेटिएको छ । खराब मौषमका कारण सो हेलिकप्टर लप्ची गुम्बा नजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको दोलखाका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले बताउनुभयो ।
त्यस क्षेत्रको मौषम खराबका कारण लप्चीमा आकस्मिक अवतरण गरिएको थियो । काठमाडौंबाट जलविद्युत आयोजनाका कर्मचारी लिएर गएको मुस्ताङ एयरको हेलिकप्टर चरिकोटको मौषम खराब भएपछि त्यहा“ अवतरण नगरी सिधैं लप्ची क्षेत्र गएको खुलेको छ ।