नारायणी नदीमा गएका दुई विद्यार्थीको डुबेर मृत्यु
- चितवनचितवनमा पौडी खेल्न नारायणी नदीको घोलमा गएका दुई विद्यार्थी डुबेर मृत्यु भएको छ । प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार घटनामा १३ बर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्रीको मृत्यु भएको हो ।
आज मध्यान्ह भरतपुर महानगरपालिका–३ बाह्रघरे चोक नजिकै नारायणी नदीको जमेको घोलमा मुनलाइट बोर्डिङ स्कुलमा पढ्ने उनीहरु पौडी खेल्न गएका थिए । सो क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई फेला पारेपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । उनीहरु दुवैजनालाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी खनालले जानकारी दिनुभयो ।