राष्ट्रिय

लामिछाने विरुद्धको रिट पूर्ण इजलाशमा पठाउने आदेश

काठमाडौं

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजलाशमा पठाउने आदेश दिएको छ । 

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध अदालतमा रिट परेको थियो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । रिटमाथि गत सोमबारबाट सुरु भएको बहस आज मात्रै सकिएको थियो ।